Kathmandu Press

गायक प्रमोद खरेलकाे नयाँ गीत सार्वजनिक 

काठमाडौं, असोज ६ : गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ। खरेलको स्वरमा रहेको ‘आज मेरो दिल जलेर...’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको...
गायक प्रमोद खरेलकाे नयाँ गीत सार्वजनिक 

काठमाडौं, असोज ६ : गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ। 

खरेलको स्वरमा रहेको ‘आज मेरो दिल जलेर...’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको हो। उक्त गीत रवि प्याकुरेल अञ्जानले लेखेका हुन् भने राज कुमार संगीत गरेका हुन्।

Hardik ivf

म्युजिक भिडियोसहित सार्वजनिक गरिएको उक्त गीतमा प्रेम पीडालाई प्रस्तुत गरिएको छ। यस्तै एक्का कम्पनी अफिसियल यु ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या र प्रिन्स मुख्य भूमिकामा देखिएका छन्।
 

प्रकाशित मिति: १४:२६ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्