Kathmandu Press

अभिनेत्री प्रियंका कार्कीले जन्माइन् छोरी

काठमाडौं, असोज ६ : अभिनेत्री प्रियंका कार्कीले छोरी जन्माएकी छन्। उनले आज (बुधबार) आफ्नो सामाजिक सञ्जालमार्फत छोरीको जन्म भएको जानकारी दिएकी हुन्।फेसबुकमा उनले...
अभिनेत्री प्रियंका कार्कीले जन्माइन् छोरी

काठमाडौं, असोज ६ : अभिनेत्री प्रियंका कार्कीले छोरी जन्माएकी छन्। उनले आज (बुधबार) आफ्नो सामाजिक सञ्जालमार्फत छोरीको जन्म भएको जानकारी दिएकी हुन्।

फेसबुकमा उनले पति आयुष्मान देशराज जोशीसँग छोरी बोकेको तस्बिर सार्वजनिक गर्दै ‘सानी परी’लाई स्वागत भनेर उल्लेख गरेकी छन्।

‘हाम्री सानो परी, तिमीलाई संसारमा स्वागत, हाम्रो जीवनमा स्वागत छ,’ उनले फेसबुकमा लेखेकी छन्। उनले छोरीका लागि चयन गरिएको नाम ‘आयंका कार्की जोशी’ पनि फेसबुकमा उल्लेख गरेकी छन्।

प्रियंका र आयुष्मानबीच २०७६ फागुन १५ मा विवाह भएको थियो।

>

प्रकाशित मिति: १३:२३ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्