Kathmandu Press

अन्तर्राष्ट्रिय खुल्ला अनलाइन कला प्रदर्शनी शुभारम्भ

पोखरा, असोज ६ : ‘कलाकारका लागि कलाकार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय खुल्ला अनलाइन कला प्रतियोगिता तथा प्रदर्शनी–२०७८ मङ्गलबारदेखि सुरु भएको छ। नगेन न्यूज पब्लिकेसन प्रालिद्वारा...
अन्तर्राष्ट्रिय खुल्ला अनलाइन कला प्रदर्शनी शुभारम्भ

पोखरा, असोज ६ : ‘कलाकारका लागि कलाकार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय खुल्ला अनलाइन कला प्रतियोगिता तथा प्रदर्शनी–२०७८ मङ्गलबारदेखि सुरु भएको छ। 

नगेन न्यूज पब्लिकेसन प्रालिद्वारा आयोजित प्रदर्शनीको गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले डिजिटल प्रविधिबाट उद्घाटन गर्दै कोरोना भाइरस सङ्क्रमण जोखिमको समयमा पनि कलाकारका लागि अन्तर्राष्ट्रिय कला प्रतियोगिता तथा प्रदर्शनी वर्तमानको बाध्यतासँगै अवसर बन्ने विश्वास व्यक्त गरे।

Hardik ivf

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले चित्रकलालाई पत्रकारले पनि प्राथमिकतामा राख्नुपर्ने बताउँदै पोखराबाट यो प्रर्दशनीको सुरु हुनु गौरवको विषय भएको बताइन्।

प्रायोजक, समर्थक र प्रवद्र्धक बिना नै कलाकारका लागि कलाकार भन्ने नाराका साथ कला र कलाकारको समृद्वि, विकास र प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय अनलाइन खुल्ला कला प्रतियोगिता तथा प्रदर्शनी आयोजना गरिएको नगेन न्युज पब्लिकेसन प्रालिका अध्यक्ष ज्योति हमालले जानकारी दिइन्। 

प्रदर्शनीका क्रममा कलाकृति बिक्री भई उठेको रकममध्ये ७० प्रतिशत कलाकारलाई र  १०÷१० प्रतिशत रकम पुरस्कार, कल्याणकारी कार्यक्रम तथा स्मारिकालाई छुट्याइने उनले जानकारी दिइन्। उनका अनुसार १८ देखि ८६ वर्ष उमेर समूहका १५ देशका १६० कलाकार, दुईजना अप्रतियोगी र पाँच निर्णायक गरी १६७ कलाकारले विभिन्न माध्यम, तरिका र साइजमा बनाएका कलाकृति एक महिनासम्म www.nagenart.com मा प्रदर्शनीमा राखिनेछ।

कोरोना महामारीका समयमा कलाकारका समस्याबारे कोही कसैले चिन्ता नगरेको वास्तवितामा उनीहरूको सोसियल मिडियामार्फत कलाकारले पनि केही गर्नुपर्ने आवश्यक भएको महसुस गर्दै ‘कलाकारका लागि कलाकार’  प्रतियोगिता तथा प्रदर्शनी गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वसभासद् प्राज्ञ नगेन सिंह ठकुरीले बताए। 

प्रतियोगिताको निर्णायकमा पञ्जाव विश्वविद्यालको कला र डिजाइन कलेजका प्राध्यापक डा सुमेर जावाड, गुवाहाटी आसामका विश्वव्यापी कलाकार दादुल चालिहा, शान्ता मरियम युनिभर्सिटी ढाकाका प्राध्यापक दिवान मिजान, ललितकला केन्द्रीय विभाग, त्रिविका प्राध्यापक प्राज्ञ ज्योतिप्रकाश बिके तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वसभासद् प्राज्ञ नगेनसिंह ठकुरी रहेका छन्।

गत जेठ ३० गते पुरस्कारका लागि दरखास्त आह्वान गरिएकामा १५ राष्ट्रका १६० कलाकारका आट्स उपलब्ध भएकामा २७ जनालाई पुरस्कारका लागि छनोट गरिएको छ। छनोट हुनेमा नेपाल, भारत, पाकिस्तान, मलेसिया, बङ्गलादेश, इटाली, श्रीलङ्का, थाइल्यान्ड, क्युवा, युके, आयरल्यान्ड, फिलिपिन्स, रोमानिया, फ्रान्स र अष्ट्रेलियाका कलाकार रहेको आयोजकले जनाएको छ। रासस
 

प्रकाशित मिति: १२:४८ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्