Kathmandu Press

विपना गुरुङ र मण्डल थेबेको अभिनयमा ‘यो माया होइन र’ सार्वजनिक 

विपना गुरुङ र मण्डल थेबेको अभिनयमा ‘यो माया होइन र’ सार्वजनिक 

काठमाडौं, असोज ५ : माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरुलाई समेटेर तयार पारिएको ‘यो माया होइन र’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ।  

यस गीतमा गायिका पारु राईको स्वर, शब्द रहेको छ।  युगल गायनमा रहेको यस गीतमा गायक मनोज थापा मगरको संगीत र संगीत संयोजन रहेको छ।  सम्पूर्ण रुपमा बेलायतका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राई फिचर्ड छन्। विशेष भूमिकामा दिलिप राईको समेत अभिनय देख्न सकिन्छ।  

पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई  कुशल श्रेष्ठको छायांकन र निर्देशनमा तयार पारिएको हो। गायक थापा मगरको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत भिडियो सार्वजनिक भएको हो। 

 

प्रकाशित मिति: ११:४८ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्