Kathmandu Press

सुटिङकै क्रममा कलाकार रमेश केसी ‘मट्टारे’ को निधन

काठमाडौं, असोज ३ : ‘मट्टारे’ नामले पनि चिनिने कलाकार रमेश केसीको हृदयाघातका कारण निधन भएको छ।लामो समयदेखि मुटुको समस्याबाट पीडित उनको उनको आज (आइतबार)...
सुटिङकै क्रममा कलाकार रमेश केसी ‘मट्टारे’ को निधन

काठमाडौं, असोज ३ : ‘मट्टारे’ नामले पनि चिनिने कलाकार रमेश केसीको हृदयाघातका कारण निधन भएको छ।

लामो समयदेखि मुटुको समस्याबाट पीडित उनको उनको आज (आइतबार) निधन भएको गंगालाल अस्पतालमा निधन भएको हो।

Hardik ivf

तारकेश्वर नगरपालिका-६ मा रहेको छन्दे स्टुडियोमा म्युजिक भिडियो सुटिङका क्रममा एक्कासि ढलेका उनलाई तुरुन्तै गंगालाल अस्पतालमा पुर्‍याइएको तर बचाउन नसकिएको बताइएको छ।

‘हल्के हवल्दार’ टिमले बनाइरहेको एक म्युजिक भिडियोको सुटिङका लागि छन्दै स्टुडियो पुगेका थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। 

थुप्रै नाटक, म्युजिक भिडियो, टेलिसिरियल र फिल्ममा अभिनय गरेका उनी पछिल्लो समय  ‘एकादेशको चुरिफुरी’,  ‘हर्के हवल्दार’ मा अभिनय गर्दै आएका थिए।

प्रकाशित मिति: १४:५६ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्