Kathmandu Press

वैज्ञानिकले किन दुर्लभ गैंडालाई उल्टो पारेर हेलिकोप्टरमा झुण्ड्याए?

  http://

बेहोस हुने सुई हानेर बाँधेर, लडाएर घण्टौं गाडीमा हालेर गैंडालगायत जंगली जनावारलाई स्थानान्तरण गर्दा उनीहरुलाई मानसिक तथा शारिरिक दुवै आघात पर्ने खतरा हुने गरेको छ।

त्यसैले, ट्राङ्कुलाइजर हानेर गैंडालाई गाडीमा घण्टौं लडाएर ठाउँ सार्नु र खुट्टामा बाँधेर उल्टो पारि हेलिकोप्टरमा झुण्डाएर १०–१५ मिनेटमै ढुवानी गर्दा कुन प्रकृयाले कम प्रभाव पार्छ भनेर गरिएको प्रयोगले आईजी नोबेल प्राइज जितेको हो। हेलिकोप्टरमा स्थानान्तरण गर्दा बेहोस हुने सुई लगाएर, आँखामा पट्टि बाँधेर, लैजाने गरिन्छ।

घण्टौं लगाएर गाडीमार्फत् स्थानान्तरण गर्नुभन्दा यसरी १०–१५ मिनेटमा उल्टो झुण्डाएर स्थानान्तरण गर्दा चाहिँ कम प्रभाव पर्ने सो अनुसन्धानमा सहभागी वैज्ञानिक जेसन गिलक्रिस्टले बताएका छन्। थोरै प्रतिशतको मात्र फरक भएपनि घण्टौं गाडीमा सुत्नुभन्दा उल्टो झुण्डाउनु नै श्रेयस्कर देखिएको हो।

जंगली जनवारको संरक्षण भनेको उनीहरुलाई मर्न नदिनु वा थुनेर जोगाउनु नभएको पनि गिलक्रिस्टले टिप्पणी गरे। गाडीमा ढुवानी गर्दा गन्तव्यमा पुगाएर छाडेको केही समयपछि पनि विभिन्न समस्या आएर गैंडाको मृत्यु हुने क्रम पनि बढेकाले वैज्ञानिकहरुले केही समययता त्यसको विकल्प खोजीरहेका थिए।

(द कन्जर्भेसनबाट)

प्रकाशित मिति: ०६:४६ बजे, आइतबार, असोज ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्