Kathmandu Press

सागका लागि ह्याण्डबल मैदान स्तरोन्नति गरिने

पोखरा, साउन १२ : आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत ह्यान्डबल खेलको तयारी शुरु गरिएको ....

सागका लागि ह्याण्डबल मैदान स्तरोन्नति गरिने
सांकेतिक

पोखरा, साउन १२ : आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत ह्यान्डबल खेलको तयारी शुरु गरिएको छ।

पोखरा रङ्गशालामा रहेको ह्यान्डबल एकेडेमीको मैदानलाई स्तरोन्नति गर्नका लागि उपभोक्ता समिति गठन गरेर सागको तयारी शुरु भएको छ भने खेलाडीहरुको बन्द प्रशिक्षणलाई व्यवस्थित गर्न पनि समिति गठन गरिएको छ। 

राष्ट्रिय खेलकूद परिषद्ले सागलाई लक्षित गरेर मैदानको मर्मतसम्भार तथा स्तरोन्नतिका लागि चालू वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको छ। सो बजेटबाट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन ढलान गरिने र आधुनिक म्याट बिछ्याउने कार्यक्रम रहेको नेपाल ह्यान्डबल सङ्घका केन्द्रीय अध्यक्ष तेज गुरुङले बताए। 

मैदानको ढलानसहित म्याट ओछ्याउन करिब रु एक करोड २५ खर्च लाग्ने अनुमान गरिएको गुरुङले जानकारी दिए। योगेन्द्रबहादुर बस्नेतको संयोजकत्वमा गठन गरिएको नौ सदस्यीय मैदान स्तरोन्नति उपभोक्ता समिति उपाध्यक्षमा राम गुरुङ, सचिवमा श्रीकृष्ण अधिकारी तथा कोषाध्यक्षमा शान्ति थापा रहेका छन्। 

त्यसैगरी सदस्यहरुमा खिम गुरुङ, विश्व तण्डुकार, पदम नेपाली, मोहन गुरुङ र टीकाराम पुन रहनुभएको कास्की जिल्ला ह्यान्डबल सङ्घका कार्यवाहक अध्यक्ष चित्र गुरुङले बताए। 

सागअघि मैदानको स्तरोन्नति सम्पन्न गर्नका लागि तीव्रताका साथ काम शुरु गरिने समितिका अध्यक्ष गुरुङले बताए। सागअन्तर्गत महिला तथा पुरुषको ह्यान्डबल खेल पोखरामा हुने भएकाले बन्द प्रशिक्षणसमेत पोखरामा नै सञ्चालन गरिने सङ्घले जनाएको छ। बन्द प्रशिक्षण व्यवस्थित गर्नका लागि एक समिति गठन गरिएको छ। 

गण्डकी प्रदेशसभाका सदस्य तथा ह्यान्डबलका उपाध्यक्ष मोहन रेग्मी अनुगमन समितिको संयोजकमा र सङ्घका सचिव केशव पाठक बसोबास तथा यातायात समिति संयोजक छन्। संघका सचिव पाठकका अनुसार आगामी एक साताभित्रमा बन्द प्रशिक्षण शुरु गरिने र प्रशिक्षणमा २८ पुरुष र २८ महिला सहभागी हुनेछन्।

प्रकाशित मिति: १६:२६ बजे, आइतबार, साउन १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्