Kathmandu Press

नेपालको विश्वकप यात्रामा पूर्णविराम, सिंगापुरसँग ८२ रनले पराजित

काठमाडौं, साउन १२ : नेपालको आईसीसी टी–२० विश्वकप यात्रा समाप्त भएको छ। आज सिंगापुरसँग नराम्ररी पराजित भएसँगै नेपालको विश्वकप यात्रा टुङ्गिएको हो....

नेपालको विश्वकप यात्रामा पूर्णविराम, सिंगापुरसँग ८२ रनले पराजित

काठमाडौं, साउन १२ : नेपालको आईसीसी टी–२० विश्वकप यात्रा समाप्त भएको छ। आज सिंगापुरसँग नराम्ररी पराजित भएसँगै नेपालको विश्वकप यात्रा टुङ्गिएको हो।

सिंगापुरले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ८२ रनले पराजित भएको हो। नेपालले १५ ओभरमा सबै विकेट गुमाउदै एक सय नौ रन मात्रै बनायो।

नेपालका लागि ज्ञानेन्द्र मल्ल ३९ र दीपेन्द्रसिंह ऐरी २३ बनाए। अन्य खेलाडीले सिंगापुरका बल अघि टिक्न सकेनन्। नेपालका सात खेलाडीले त दोहोरो अंक पनि बनाउन सकेनन्। नेपालका तीन खेलाडी शून्यमै आउट भए।

यस अघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले ६ विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो। सिंगापुरका लागि टिम ड्याभिडले ७७, रोहन रंगाजर्नले ४९ र मनप्रित सिंहले ४२ रन बनाए।

नेपालका लागि अविनास बोहराले चार र करण केसीले दुई विकेट लिएका थिए।

यो जितसँगै सिंगापुर विजेता बनेर विश्वकप छनोटको अर्को चरणमा प्रवेश गरेको छ।

प्रकाशित मिति: १०:२५ बजे, आइतबार, साउन १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्