Kathmandu Press

न्यूनदृष्टियुक्त महिला क्रिकेट : नेपाल १० विकेटले विजयी

काठमाडौँ, माघ १५- पाकिस्तानको लाहोरमा आजदेखि शुरु भएको न्यूनदृष्टियुक्त महिला क्रिकेटको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई हराउँदै १० विकेटले जितेको छ । 

पाकिस्तानले दिएको ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा बिना विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा विनिता पुनले अविजित २८ रन जोड्दा मनाक्षी चौधरीले अविजित १९ रन जोडिन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ११ ओभर ३ बलमा अलआउट हुँदै ५३ रन जोडेको थियो । पाकिस्तानकी किरनले सर्वाधिक नौ तथा निम्राले अविजित छ रन जोडिन् । 

खेलमा प्लेयर अफ दि म्याच नेपालकी विनिता पुन र भ्यालुएबल प्लेयर अफ दि म्याच सरिता घिमिरे घोषित भइन् । जितसँगै नेपालले पाकिस्तानविरुद्धको पाँच खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ । अब नेपालले बिहीबार दोस्रो खेल खेल्नेछ । पाकिस्तान न्यूनदृष्टियुक्त क्रिकेट परिषद्को निमन्त्रणामा नेपाली टोली सिरिजका लागि त्यहाँ गएको हो । 

प्रकाशित मिति: २१:०९ बजे, मंगलबार, माघ १५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्