Kathmandu Press

एसियाकै प्रभावशाली महिलाको सूचीमा दीपिका पादुकोण पहिलो स्थानमा

काठमाडौं, भदौ ३० : हालै मात्र एसियाको सबैभन्दा प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। उक्त सूचीको एक नम्बरमा बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण...
एसियाकै प्रभावशाली महिलाको सूचीमा दीपिका पादुकोण पहिलो स्थानमा

काठमाडौं, भदौ ३० : हालै मात्र एसियाको सबैभन्दा प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। उक्त सूचीको एक नम्बरमा बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण रहन सफल भएकी छन् ।

बेलायतको गाला बिंगोले एसियाको फिल्म तथा टेलिभिजनको क्षेत्रबाट एसियाकै सबैभन्दा प्रभावशाली महिलाका रूपमा दीपिकालाई एक नम्बरमा राखेको हो। 

Hardik ivf

यो अनुसन्धानका लागि ट्विटर, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा रहेका फ्यान फलोअर्स, गुगल सर्च तथा दीपिकाका बारेमा आएका समाचार संख्यालाई माध्यम बनाइएको थियो। दीपिकाको इन्स्टाग्राममा मात्र ६ करोड फलोअर्स छन्।

यो सूचीमा आएसँगै दिपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडले, सेलेन डायनकै बराबरीजस्तो भएकी छन्।

गाला बिंगोले सयभन्दा बढी देशका फिल्म र टिभीबाहेक व्यापार, राजनीति र फेसनको क्षेत्रका मानिसलाई पनि प्रभावशालीको सूचीमा समेटेको हो।

दीपिकाको साथमा कैयौं इन्टरनेसनल ब्रान्ड छन् । यस्तै, उनी हलिउड चलचित्रमा समेत काम गर्ने तर्खरमा छिन्।

प्रकाशित मिति: १३:२० बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्