Kathmandu Press

कुवेतमाथि नेपालको सानदार जित, विश्वकप छनाेटकाे सम्भावना बलियाे

काठमाडौं, साउन ११ : आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको प्रतियोगिताको आजको खेलमा नेपालले कुवेतमाथि सानदार जित हासिल गरेको छ।

....
कुवेतमाथि नेपालको सानदार जित, विश्वकप छनाेटकाे सम्भावना बलियाे

काठमाडौं, साउन ११ : आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको प्रतियोगिताको आजको खेलमा नेपालले कुवेतमाथि सानदार जित हासिल गरेको छ।

कुवेतले दिएको एक सय ४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा तीन विकेट गुमाउदै पूरा गरेको हो। नेपालका लागि पारश खड्काले ४२ बलमा ६८, शरद भेष्वाकरले ३० बलमा ३८, ज्ञानेन्द्र मल्लले १३ बलमा १९, रोहितकुमार पौडेलले नौ बलमा ६ र दीपेन्द्रसिंह ऐरीले दुई बलमा एक रन बनाए।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा नौ विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो। कुवेतका लागि मोहम्द कासिफले ४९, अद्नान इद्रिसले २५, मोहम्द अस्लमले २३ रन बनाएका थिए।

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले तीन–तीन, करण केसीले दुई र अविनास बोहराले एक विकेट लिएका थिए।

यो जितसँगै नेपालको समूह विजेता बन्ने सम्भावना बलियो भएको छ। अहिले समूहको शीर्षस्थानमा रहेको सिंगापुरका पाँच अंक छ भने नेपालको चार अंक छ।
अब नेपाल अन्तिम खेल सिंगापुरसँगै खेल्नेछ। त्यो खेल जितेमा नेपाल ६ अंकसहित शीर्षस्थानमा रहेर विश्वकप छनोटको अर्को चरणमा प्रवेश गर्नेछ।

 

प्रकाशित मिति: १०:४३ बजे, शनिबार, साउन ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्