चीनले दियाे हिमालय एयरलाइन्सलाई बेइजिङ उडानकाे अनुमति
काठमाडौं, साउन १० : हिमालय एयरलाइन्सले चीनकाे बेइजिङ उडानका लागि अनुमति पाएको छ।
अन्तर्राष्ट्रिय उडान भर्दै आएकाे निजी वायुसेवा क....
काठमाडौं, साउन १० : हिमालय एयरलाइन्सले चीनकाे बेइजिङ उडानका लागि अनुमति पाएको छ।
अन्तर्राष्ट्रिय उडान भर्दै आएकाे निजी वायुसेवा कम्पनी हिमालयलाई चीनले बेइजिङ उडानकाे अनुमति दिएकाे हाे। आगामी सेप्टेम्बरदेखि उडान गर्ने गरी अनुमति पाएको हिमालय एयरलाइन्सले जनाएकाे छ। लामाे समयदेखि उडानका लागि हिमालयले प्रयास गर्दै आएकाे थियाे।
हिमालयले अनुमति पाएसँगै नेपालबाट चीन उडानकाे ढाेका खुलेकाे छ। हिमालयले चीनकै अन्य शहरमा पनि उडानका लागि अनुमति पनि मागेकाे छ।
यो पनि : हिमालय एयरलाइन्सले काठमाडौं–बेइजिङ सिधा उडान भर्ने
प्रकाशित मिति: १८:०५ बजे, शुक्रबार, साउन १०, २०७६
थप समाचार






