Kathmandu Press

‘एकदेशको कथा’मा पूर्ण र लक्ष्मीको रोमान्स 

‘एकदेशको कथा’मा पूर्ण र लक्ष्मीको रोमान्स 

काठमाडौं, भदौ २९ : पूर्ण लम्साल र लक्ष्मी ओली अभिनित ‘एकादेशको कथा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यसअघि यी दुईको अभिनयमा रहेको  ‘भुलीदेउ’ बोलको म्युजिक भिडियो केहि महिना अघि सार्वजनिक भएको थियो।  

भर्खरै सार्वजनिक नयाँ गीतमा गायक हिमाल सागरको स्वर, संगीत सुन्न सकिन्छ। गीतमा श्याम पराजुलीको शब्द रहेको छ भने संजय हमालले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  

Hardik ivf

गायक हिमाल सागरका अनुसार छायांकन एयरपोर्टनै २ घण्टा होल्ड गरेर  गरिएको थियो। अमेरिकाको पिट्सबर्ग, पेन्सिलवेनियामा भिडियोको छायांकन भएको हो। सबै काम अमेरिकामा गरिएको यस भिडियोले बाहिर बसेर पनि स्तरिय भिडियो बनाउन सम्भव छ भन्ने पुस्टि गरेको निर्माण टिमले बताएको छ।

प्रविन मानन्धरले सम्पादन गरेको  यस भिडियोलाई दिलकृष्ण श्रेष्ठले निर्देशन गरेका हुन्।  यमुना लम्साल प्रस्तुतकर्ता रहेको यस भिडियोको निर्मात्री बिष्णु मैनाली लम्साल हुन्। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  

प्रकाशित मिति: १४:५२ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्