Kathmandu Press

सर्जिकल सामग्रीको सप्लायर्स हुँ भन्दै ४२ लाख ठगी गरेको आरोपमा एक पक्राउ

सर्जिकल सामग्रीको सप्लायर्स हुँ भन्दै ४२ लाख ठगी गरेको आरोपमा एक पक्राउ

काठमाडौं, भदौ २८ : सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाले ललितपुर महानगरपालिका वडा नम्बर ४ बाट ४२ वर्षीय सरल रानालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै  उनले ४२ लाख २४ हजार रुपैयाँ ठगी गरेको आरोप छ। 

काठमाण्डौं त्रिपुरेश्वरस्थित शंकर महर्जनले सञ्चालन गरेको किपु साईन्टिफिक ट्रेडर्समा मार्केटिङको काम गर्ने विश्वम्भरलाल श्रेष्ठ र बिक्रम देउवालाई उनले ठगी गरेको प्रहरीको भनाइ छ । 

पक्राउ परेका रानाले आफू भारत पञ्जाबस्थित माइरियाद ह्युस हेल्थ केयर कम्पनीको नेपाल प्रतिनिधि हौं भनेका थिए। 

उनले पञ्जा, ल्याटेक्स एक्जामिनेसन पञ्जा विभिन्न साइजका एक सय प्रति बाकस प्रति भारु ३३० पर्छ भनेका थिए।

नमुना समेत देखाएर रानाले पटकपटक आइ एक हप्ताभित्र श्रेष्ठ र देउवाको विश्वास जितिसकेका थिए। 

पछि सामान माग गरी उनीहरूले ४२ लाख २४ हजार रुपैयाँ रानाको बैंक खातामा जम्मा गरिदिएका थिए। तर पठाउँदा रानाले बाकसमा ५० पिसमात्रै राखेर गुणस्तरहीन सामान पठाएको आरोप छ। 

त्यसपछि श्रेष्ठ र देउवाले रानालाई सम्पर्क गर्न खोज्दा बेपत्ता भए। ठगी गरेको आरोपमा महाशाखामा जाहेरी पर्यो। जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो। 

प्रकाशित मिति: ११:५३ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्