आनि छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रिय जेनजी नागरिक अभियानका अभियान्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले आनिको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको भन्दै रिट हालेका हुन्।
काठमाडौं, मंसिर ८ : लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनि छोइङ डोल्माको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदनमा दर्ता भएको छ।
राष्ट्रिय जेनजी नागरिक अभियानका अभियान्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले आनिको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको भन्दै रिट हालेका हुन्।
नागरिकता सम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रिया भन्दा बाहिर रहेर नियुक्ति गरिएको भन्दै अभियानले प्रश्न उठाउँदै आएको थियो।
रिटमा सर्वोच्चले बुधबारका लागि पेसी तोकिदिएको छ ।
रिटमा आनि छोइङ डोल्माको नियुक्ति सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड २०७१ बमोजिमको योग्यता नपुगेको दाबी गरिएको छ ।
प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, मंसिर ८, २०८३
थप समाचार






