Kathmandu Press

जागिर लगाइदिने भन्दै ठगी गरेको अभियोगमा स्याङ्जाबाट एक जना पक्राउ

 कास्की, २८ भदौ : विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका–२७ तालचोक बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका–४ घर भएका २१ वर्षीय कृष्ण...
जागिर लगाइदिने भन्दै ठगी गरेको अभियोगमा स्याङ्जाबाट एक जना पक्राउ

 कास्की, २८ भदौ : विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका–२७ तालचोक बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका–४ घर भएका २१ वर्षीय कृष्ण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। 

पिजि रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी उनले विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँको दरले पैसा उठाई काममा नलगाई ठगी गरेको भन्ने सूचानको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

उनीमाथि जिल्ला अदालत कास्कीबाट ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 
 

प्रकाशित मिति: ११:४८ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्