Kathmandu Press

स्रोत नखुलेको ५ लाख रकमसहित एक पक्राउ 

पर्सा, २८ भदौ : स्रोत नखुलेको नगद ५ लाख रुपैयाँसहित प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२ बस्ने ४३ वर्षीय महमद आसिफ...
स्रोत नखुलेको ५ लाख रकमसहित एक पक्राउ 

पर्सा, २८ भदौ : स्रोत नखुलेको नगद ५ लाख रुपैयाँसहित प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । 

वीरगञ्ज महानगरपालिका–२ बस्ने ४३ वर्षीय महमद आसिफ अंसारीलाई स्रोत नखुलेको नगद ५ लाख रुपैयाँ सहित सोही महानगरपालिका–१७ शंकराचार्य गेटबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अंसारीले हेल्मेटभित्र ल्याएको उक्त रकम सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो। 

उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 
 

प्रकाशित मिति: ११:४१ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्