Kathmandu Press

ओलाङ्चुङगोलाको मौवाटारमा बीओपी भवन निर्माण अन्तिम चरणमा

ताप्लेजुङ, भदौ २८ : ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा स्थापित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको...
ओलाङ्चुङगोलाको मौवाटारमा बीओपी भवन निर्माण अन्तिम चरणमा

ताप्लेजुङ, भदौ २८ : ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा स्थापित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मौवाटारमा बीओपीको कार्यालयसहितका संरचना तयार हुन लागेको हो।  

फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा अवस्थित सो बीओपी गत वर्ष स्थापना गरिएको थियो। हिमालयन कन्स्ट्रक्सनले अहिले कार्यालय भवनलगायतका संरचना निर्माण गर्दै आएको छ। गत जेठ दोस्रो साता भ्याटसहित करिब रु ९८ लाख बजेटमा योजना सम्झौता गरी संचरना निर्माण गर्दै आएको निर्माण कम्पनीले जनाएको छ। 

Hardik ivf

आगामी असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी योजना सम्झौता गरेर काम सुरु गरेको र हाल अन्तिम चरणमा पुगेको निर्माण कम्पनी प्रमुख इन्द्र केदेमले जानकारी दिए। उनका अनुसार सभाहलसहितको कार्यालय भवन, भान्सा घर र शौचालयजस्ता संरचना निर्माण गरिएको छ। सबै संरचना निर्माणको कार्य करिब ९५ प्रतिशत सम्पन्न भएको उनले बताए। 

उक्त बीओपी स्थापना गरिएको ठाउँ मौवाटार चार हजार २०० मिटरको उचाइमा पर्दछ। मौवाटार ओलाङ्चुङगोला बस्तीदेखि १२ किलोमिटर दूरीमा उत्तरतर्फ पर्दछ भने त्यहाँदेखि तिब्बतसँग सिमाना टिपताला भञ्ज्याङ (पाँच हजार २०० मिटर उचाइ) पनि करिव १२ किमीकै दूरीमा पर्दछ । संरचना बनिनसकेकाले बीओपीका लागि खटेका सशस्त्र प्रहरी टोली भने हाल ओलाङ्चुङगोलामा बस्दै आएका छन्। दुई देशको सीमा क्षेत्रमा स्थापना गरिएको बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ५० जनशक्ति रहने बताइएको छ।
 

प्रकाशित मिति: ०९:३८ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्