Kathmandu Press

राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी

राजविराज, भदौ २८ : प्रदेश २ सरकारले कृषि क्षेत्रको विकासका लागि राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ।प्रदेश सरकारको नीति तथा कार्यक्रममा...
राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी

राजविराज, भदौ २८ : प्रदेश २ सरकारले कृषि क्षेत्रको विकासका लागि राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापना सम्बन्धी बुँदा समावेश गरिँदै आइएको छ। आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी दिए।

Hardik ivf

विश्वविद्यालय स्थापना गर्नको लागि तत्काल २५ करोड जुटाउन प्रयास भइरहेको र यसका लागि छिट्टै पूर्वाधारको समेत व्यवस्थापन गरिने उनले बताए। उनले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए।

विश्वविद्यालय स्थापना लागि यसै महिनादेखि काम सुरुआत हुने उनको भनाइ छ। यसका आवश्यक लागि रकम विनियोजन हुने उनले बताए।

यस्तै प्रदेश सरकारले पर्साको वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालयसमेत तत्काल स्थापना गर्ने तयारी गरेको जनाइएको छ। यसका लागि २५ करोड बजेट छुट्याउने र काम चाँडै सुरु गर्ने मन्त्री साहले जानकारी दिए। (रासस)

प्रकाशित मिति: ०८:३५ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्