Kathmandu Press

आज पनि देशका अधिकांश भागमा वर्षाको सम्भावना

काठमाडौं, भदौ २८ : आज पनि देशका अधिकांश भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार...
आज पनि देशका अधिकांश भागमा वर्षाको सम्भावना

काठमाडौं, भदौ २८ : आज पनि देशका अधिकांश भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू-भागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकाले मौसम बदली हुने महाशाखाले जनाएको छ।

आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा पनि भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना छ। राति पनि देशभर सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाइएको छ।

 

प्रकाशित मिति: ०७:१९ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्