Kathmandu Press

बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं, भदौ २७ : बंगलदेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल बराबरीमा रोकिएको छ। आइतबार दरथल रंगशलामा भएको खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो।

अधिकांक सयम बंगलादेशलाई दबाबमा राखेपनि नेपालले गोल गर्न नसक्दा बराबरी खेल्न बाध्या भयो। दोस्रो मैत्रीपूर्ण खेलमा प्रशिक्षक ग्यारी फिलिप्सिले तीन परिवर्तन गरेका थिए। 

उनले गोल किपर एन्जिला तुम्बापो सुब्बा, स्ट्राइकरद्वय सविता राना र मञ्जली योञ्जनको स्थानमा गोलकिपर अन्जना रानामगर, स्ट्रइकर अनिता बस्नेत र रश्मी घिसिङलाई खेलाएका थिए । 

बंगलादेशविरुद्धको दोस्रो खेल मार्फत नै रजनी थोकरले पनि  राष्ट्रिय टिममा डेब्यू गरेकी छिन् । उनी दोस्रो हाफमा प्रीति राईको स्थानमा मैदान प्रवेश गरेकी थिइन्।

आसन्न एएफसी वुमन्स एसियन कप छनोटको तयारीका खेलिएको मैत्रीपूर्ण खेलको पहिलो खेलममा नेपाल १–०ले विजयी भएको थियो।नेपाल र बंगलादेश अब एएफसी महिला एसियन कप छनोट खेल्न उज्वेकिस्तान जानेछन् । नेपाल समूह एफ मा छ ।

यस समूहमा फिलिपिन्स र हङकङ पनि छ । नेपालले पहिलो खेल असोज २ गते फिलिपिन्ससँग खेल्नेछ भने दोस्रो खेल असोज ५ गते हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति: १९:२७ बजे, आइतबार, भदौ २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्