Kathmandu Press

अवैध लागूऔषध पोल्याण्डसहित एक पक्राउ

काठमाडौं, भदौ २७ : काठमाडौं महानगरपालिका १४ कलंकीबाट करिब ३ केजी अवैध लागूऔषध पोल्याण्ड सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं कुलेश्वर...
अवैध लागूऔषध पोल्याण्डसहित एक पक्राउ

काठमाडौं, भदौ २७ : काठमाडौं महानगरपालिका १४ कलंकीबाट करिब ३ केजी अवैध लागूऔषध पोल्याण्ड सहित एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा काठमाडौं कुलेश्वर बस्दै आएका मकवानपुर थाहा नगरपालिका ७ का २२ वर्षीय राजेन्द्र अर्याल रहेका छन्। 

अर्याललाई आइतबार दिउँसो प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो। उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १८:३१ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्