Kathmandu Press

भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर  

काठमाडौं, भदौ २७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगल भ्रष्टाचार गरेको आरोपमा आज (आइतबार) नौजनाउपर विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।  तनहुँ जिल्ला...
भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर  

काठमाडौं, भदौ २७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगल भ्रष्टाचार गरेको आरोपमा आज (आइतबार) नौजनाउपर विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।  

तनहुँ जिल्ला साबिकको घाँसीकुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेसमेत सात जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी एउटा आरोपपत्र दायर गरिएको छ।

Hardik ivf

त्यसै गरी एसआरडी कन्स्ट्रक्सन नवलपरासीका प्रोपाइटरहरू रमेश पराजुली र सन्दिप केसीउपर बिगो ७५ लाख ८० हजार ६ सय ४९ रुपैयाँ कायम गरी गैरकानुनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी अर्को आरोपपत्र पनि दायर गरिएको छ।

तनहुँ जिल्ला तत्कालीन घाँसीकुवा गाविसमा दशै खर्च, परिषद्‍ तयारी खर्च भनी १–१ महिनाको तलब थप लिने गरेको, परिषद्को निर्णय बिना आर्थिक सहायता दिने गरेको, कन्सलटेन्ट नियुक्ति पछि गरी पहिल्यै देखिको सम्झौता बनाई रकम भुक्तानी गरेको, जिन्सी खाता नरहेको, विभिन्न फोटोकपी बिल राखी खर्च लेख्ने गरेको, धेरैजसो योजनाका इस्टिमेट र कार्य सम्पन्न प्रतिवेदनमा जिम्मेवार व्यक्तिको हस्ताक्षर नभएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा दोषी देखिएकोले सातजनाउपर विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए।

तत्कालीन घाँसीकुवा गाविस सचिव रामराज न्यौपानेलाई १,४७,३६४.७५, तत्कालीन इन्जिनियर सुकदेव अधिकारीलाई ६३,७५०, तत्कालीन योजना अधिकृत गणेश घिमिरेलाई ६३,७५०, तत्कालीन इन्जिनियर तिर्थराज ढुङ्गानालाई ७२,२५०, तत्कालीन अधिकृत ऋषिभक्त वाग्लेलाई ७२,२५० बिगोसहित तथा रजिस्ट्रार लेखापरीक्षक नरहरि पण्डित र श्रीभद्र खनालविरुद्ध मुद्दा दायर गरिएको हो।

त्यस्तै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिकाअन्तर्गत पानभार खोलामा आव २०७५÷७६ को नदीजन्य पदार्थ उत्खनन तथा निकासीको ठेक्कामा मापदण्डविपरीत उत्खनन गरेको तथा नगरपालिकाबाट प्रमाणित नगरेको रसिद प्रयोग गरी राजस्व छली गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा दोषी देखिएकाले एसआरडी कन्स्ट्रक्सनका प्रोपाइटरहरु रमेश पराजुली र सन्दिप केसीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: १८:२८ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्