Kathmandu Press

पत्रकारको सदस्यता सुदृढीकरण गर्नुपर्नेमा जोड

पत्रकारको सदस्यता सुदृढीकरण गर्नुपर्नेमा जोड

काठमाडौं, भदौ २७ : नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आफ्ना ३० सदस्यलाई राष्ट्रिय परिषद् सदस्यको प्रमाणपत्र प्रदान गरेको छ। शाखाको निर्वाचन समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा ९६ सदस्यलाई उपत्यका प्रदेश परिषद्को प्रमाणपत्र प्रदान गरेको हो। 

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र मर्यादित बनाउन आवश्यक सञ्चारसम्बन्धी कानून निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यस्ता कानून बनाउँदा सम्बन्धित पक्षले महासङ्घको परामर्श लिनुपर्ने बताए।

Hardik ivf

महासङ्घका केन्द्रीय सदस्य एवं काठमाडौँ शाखाका पूर्वअध्यक्ष शान्तराम बिडारीले स–साना लगानीमा सञ्चालन भएका स्वरोजगारमुखी सञ्चारगृहको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउँदै श्रमजीवी पत्रकारको अधिकारलाई सुनिश्चित बनाउन एकताबद्ध हुन खाँचो रहेको र उनीहरुको सदस्यता सुदृढीकरण गर्नुपर्ने विचार व्यक्त गरे। 

निर्वाचन समितिका संयोजक ईश्वरी वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका अध्यक्ष सूर्य सुवेदीले कोभिड–१९ को महामारीले धेरै सञ्चारकर्मी पेशाबाट विस्थापित हुनुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरे। महासङ्घका पूर्वकेन्द्रीय सदस्य रामहरि सिलवालले पत्रकारिता क्षेत्रको विकासका लागि काठमाडौँ शाखाले विभिन्न समयमा सञ्चालन गरेका रचनात्मक गतिविधिको सराहना गरे। 

प्रकाशित मिति: १८:२१ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्