चट्याङ लागेर एकजनाको मृत्यु
जाजरकोट, भदौ २७ : जाजरकोटको बारेकोट गाउँपालिका–१ कोटेली बस्ने नर बहादुर गिरीकी छोरी १७ वर्षीया सम्झना गिरीको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको...
जाजरकोट, भदौ २७ : जाजरकोटको बारेकोट गाउँपालिका–१ कोटेली बस्ने नर बहादुर गिरीकी छोरी १७ वर्षीया सम्झना गिरीको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको छ।
घरबाट सोही ठाउँस्थित मामाको घरमा जाने क्रममा परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्हरीले जनाएको छ।
प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १७:३६ बजे, आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












