छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु
काठमाडौं, भदौ २७ : स्याङ्जा, बाँके र बर्दियाका छुट्टछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलास्थित सडकमा लु१च ६०९७ नम्बरको...
काठमाडौं, भदौ २७ : स्याङ्जा, बाँके र बर्दियाका छुट्टछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलास्थित सडकमा लु१च ६०९७ नम्बरको जिपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सुमन गुरुङको छोरा ६ वर्षीय आयोन गुरुङको शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ। फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–३ डिस्कोरियन टोलस्थित सडकमा प्रदेश ०२–२६ प ५५३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दिया बढैयाताल गाउँपालिका–८ सितलाबजार बस्ने २१ वर्षीय बसन्त पौडेलको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो।
बर्दियाको गुलरिया नगरपालिका–४ तुलसीपुरस्थित सडकमा भे१त ३६९८ नम्बरको ट्याक्टरले भे६प ६७०४ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–४ बेतईपुर बस्ने ४३ वर्षीय गुलगुल थारुको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।












