ट्राफिक नियन्त्रण तालिम सुरु

काठमाडौं, भदौ २७ : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १४१औं समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले आइतबार आयोजित एक कार्यक्रमबीच उक्त तालिम उद्घाटन गरे।
कार्यक्रममा तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी नायव उपरीक्षक सुवास खड्काले ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ५९ जना गरी कुल ६३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए।
प्रकाशित मिति: १६:४० बजे, आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












