Kathmandu Press

दीपेन्द्रसिंह ऐरीले त्रिकोणात्मक सिरिज गुमाउने

काठमाडौं, भदौ २७ : नेपाली राष्ट्रिय टिमका उपकप्तान तथा मिडलअर्डर ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले विश्वकप लिग–२ अन्गर्ततको त्रिकोणातम्क सिरिज गुमाउने भएका छन्।अभ्यासका क्रममा दायाँ खुट्टाको...
दीपेन्द्रसिंह ऐरीले त्रिकोणात्मक सिरिज गुमाउने

काठमाडौं, भदौ २७ : नेपाली राष्ट्रिय टिमका उपकप्तान तथा मिडलअर्डर ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले विश्वकप लिग–२ अन्गर्ततको त्रिकोणातम्क सिरिज गुमाउने भएका छन्।

अभ्यासका क्रममा दायाँ खुट्टाको कुर्कुचामा गम्भीर चोट लागेपछि ऐरीले ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक एकदिवसीय सिरिज गुमाउने भएका हुन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार ऐरीले ओमान हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज गुमाउने जनाएको छ। क्यानका अनुसार दीपेन्द्रले दुई साता पूर्ण रूपमा आराम गर्नुपर्ने बनाएको छ।

विश्वकप लिग–२ कै तयारी स्वरुप खेलिरहेको पपुवा न्युगिनीविरुद्धको एकदिवसीय सिरिज पनि दीपेन्द्रले सोही चोटका कारण गुमाएका थिए।

पारसले सन्न्यास लिएपछि दीपेन्द्रलाई नेपाली टिमका मिडल अर्डरका धान्ने खेलाडीका रुपमा हेरिएको थियो। उनको अभाव नेपाली टिममा खड्किनेछ।

विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग–२ अन्तर्गतको दोस्रो सिरिजमा नेपालले सोमबार अमेरिकासँग खेल्दैछ। खेल ओमानको अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार साझ ४ः१५ मा सुरु हुने छ। खेल डे–नाइड हुनेछ।

प्रकाशित मिति: १६:३४ बजे, आइतबार, भदौ २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्