Kathmandu Press

बिपी प्रतिष्ठानको ओपिडी सेवा एक सातापछि सञ्चालनमा  

बिपी प्रतिष्ठानको ओपिडी सेवा एक सातापछि सञ्चालनमा  

विराटनगर, भदौ २७ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरू नियमित काममा फर्किएका छन्। उनीहरू काममा फर्किएसँगै उपचारबाट वञ्चित बिरामीहरूले ओपिडी सेवा पाएका छन्। 

झन्डै तीन महिनादेखि प्रतिष्ठान सुधारको माग राखेर आन्दोलन गर्दै आएका चिकित्सक र कर्मचारीहरूले एकसाता भने इमर्जेन्सी, कोभिड उपचारबाहेकका सबै सेवा ठप्प पारेका थिए। उनीहरुले आफूहरू काममा फर्किए पनि आफ्ना माग र आन्दोलन भने जारी रहेको बताएका छन्।

उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा लागेको ताला अहिले नै नखोलिने संघर्ष समितिले जनाएको छ। समितिले सबै पक्षले अनुरोध गरेका कारण आन्दोलनलाई परिमार्जन गर्दै काममा फर्किएको बताएको छ।

स्वास्थ्य मन्त्रालयले पनि आज (आइतबार) मात्रै एक विज्ञप्ति जारी गरेर बिपी प्रतिष्ठानका अन्दोलनरत पक्षका कतिपय माग पूरा भएको र कतिपय पूरा हुने चरणमा रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूलाई तत्काल काममा फर्किनअपिल गरेको थियो।

प्रकाशित मिति: १६:२६ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्