Kathmandu Press

ट्राफिक नियन्त्रण तालिम समापन 

काठमाडौं, भदौ २७ : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी हवल्दार तथा जवानका लागि सञ्चालित १४०औं समूहको ट्राफिक...
ट्राफिक नियन्त्रण तालिम समापन 

काठमाडौं, भदौ २७ : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी हवल्दार तथा जवानका लागि सञ्चालित १४०औं समूहको ट्राफिक नियन्त्रण तालिम सोही महाशाखामा आइतबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ।

तालिम समापनका अवसरमा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे।

Hardik ivf

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराइले ट्राफिक व्यवस्थापनमा सैद्धान्तिक र व्यवहारिक सिपले मात्र नपुग्ने भएकाले प्रशिक्षार्थीहरुले तालिमपछि पनि अझ व्यवसायिक र दक्ष हुन स्वअध्ययनलाई निरन्तरता दिई सवारी दुर्घटना न्यूनीकरण तथा सवारी आवागमनमा सहज बनाउन निर्देशन दिए।

साउन ३ गतेदेखि सुरु भएको ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी हवल्दार दुईजना र प्रहरी जवान ५८ जना गरी कुल ६० प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम हासिल गरेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए।   
 

प्रकाशित मिति: १५:५५ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्