Kathmandu Press

एमाले संसदीय दलको बैठक : संसदमा खेल्ने भूमिकाबारे सांसदलाई जानकारी

काठमाडौं, भदौ २७ : प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ।आज (आइतबार) पनि प्रतिनिधिसभा बैठक...
एमाले संसदीय दलको बैठक : संसदमा खेल्ने भूमिकाबारे सांसदलाई जानकारी

काठमाडौं, भदौ २७ : प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ।

आज (आइतबार) पनि प्रतिनिधिसभा बैठक बस्दैछ। प्रतिनिधिसभा बैठक हुनुअघि एमालेले संसदीय दलको बैठक राखेको हो।

Hardik ivf

माधवकुमार नेपाल लगायत १४ सांसदलाई पार्टीले कारबाही गरेको जानकारी दिए पनि सभामुख अग्निप्रसाद सापकोटाले सूचना ननिकालेर पार्टी विभाजनका लागि भस्मिका खेलेको भन्दै एमालेले संसद् अवरोध गर्दै आएको छ। त्यसलाई आज पनि निरन्तरता दिने एमालेको तयारी छ।

संसदमा केकसरी भूमिका निर्वाह गर्ने भन्नेबारे सांसदलाई जानकारी गराउन पनि बैठक राखिएको एक नेताले बताए। 

शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले संसदमा मर्यादित भएर विरोध गर्न सांसदहरूलाई निर्देशन दिएको थियो।

प्रकाशित मिति: १३:०० बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्