Kathmandu Press

मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने तीनजना पक्राउ

काठमाडौं, भदौ २७ : पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ...
मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने तीनजना पक्राउ

काठमाडौं, भदौ २७ : पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई काठमाडौं र धादिङबाट पक्राउ गरिएको परिसरले जनाएको छ।

पक्राउ परेकाहरू धादिङका दुई र रोल्पाका एकजना हुन् । उनीहरूले भदौ २५ गते आँखा अस्पतालमा बम राखेर सञ्चालक किशोर प्रधानसँग ३ करोड फिरौती मागेका थिए।

अस्पतालको तेस्रो तलास्थित शौचालयमा राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रय बनाएको थियो। 

आरोपीहरुलाई आज (आइतबार) दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने परिसरले जनाएको छ। आँखा अस्पतालमा फेला परेको बम सेनाको टोलीले निस्क्रिय बनाएको थियो।

प्रकाशित मिति: १२:३५ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्