Kathmandu Press

कोरोना संक्रमित वृद्ध मृत फेला

झापा, भदौ २७ : झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना सङ्क्रमित वृद्ध मृत फेला परेका छन्। आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द...
कोरोना संक्रमित वृद्ध मृत फेला
Hardik ivf

झापा, भदौ २७ : झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना सङ्क्रमित वृद्ध मृत फेला परेका छन्। आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। 

वृद्धलाई घरको निदाल कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए। गत शुक्रबार उनलाई सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमणपछि उनी होम आइसोलेशनमा उपचार गरिरहेको शिवसताक्षी कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए। 
 

प्रकाशित मिति: ११:५३ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्