Kathmandu Press

जेलमै बिते पेरूका विद्रोही नेता गोन्जालो

काठमाडौं, भदौ २७ : पेरूमा एक जना पूर्वविद्रोही माओवादी नेताको जेलमै निधन भएको छ।विद्रोही समूह ‘साइनिङ पाथ’का नेता अबिमायल गुजम्यान अर्थात गोन्जालोको ८६...
जेलमै बिते पेरूका विद्रोही नेता गोन्जालो

काठमाडौं, भदौ २७ : पेरूमा एक जना पूर्वविद्रोही माओवादी नेताको जेलमै निधन भएको छ।

विद्रोही समूह ‘साइनिङ पाथ’का नेता अबिमायल गुजम्यान अर्थात गोन्जालोको ८६ वर्षको उमेरमा शनिबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन। उनी अध्यक्ष गोन्जालोको नामले चिनिन्थे।

गोन्जालो दर्शनशास्त्रका प्राध्यापक हुन्। उनलाई सन् १९९२ मा पक्राउ गरिएको थियो। पेरुको अदालतले उनलाई आतंकवाद र अरू अपराधमा दोषी ठहर गरेको थियो। त्यसयता उनी आजीवन काराबासको सजाय भोगिरहेका थिए।

गत जुलाईमा उनको स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसपछि उनलाई जेलबाट अस्पताल लगिएको थियो।

कम्युनिष्ट र माओ विचारधाराबाट प्रभावित गोन्जालोले सन् १९६९ मा साइनिङ पाथ नामक समूह बनाएका थिए। उनको समूहले पेरूको सरकारविरूद्ध विद्रोह थालेको थियो।

उनको समूह र सरकारबीच एक दशकभन्दा बढी समय युद्ध चलेको थियो। त्यसमा ७० हजार मानिस मारिएका थिए।

सन् १९९२ मा गोन्जालो पेरुको राजधानी लिमाबाट पक्राउ परेका थिए। उनी पक्राउपछि साइनिङ पाथ समूहलाई ठूलो धक्का लाग्यो। उनका समूहका धेरै नेताले सरकारसमक्ष आत्मसमर्पण गरेका थिए।

पेरुमा अहिले पनि साइनिङ पाथका सदस्यहरू सक्रिय छन्। तर, उनीहरुको समूह सानो रहेको छ।

प्रकाशित मिति: ०८:२६ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्