Kathmandu Press

काठमाडौंमा तीनसहित नौजना मृत फेला

काठमाडौं, भदौ २६ : काठमाडौं महानगरपालिका–७ गौरीघाटस्थित सडक पेटीमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ घर भएका ६८ वर्षीय कृष्ण तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका...
काठमाडौंमा तीनसहित नौजना मृत फेला

काठमाडौं, भदौ २६ : काठमाडौं महानगरपालिका–७ गौरीघाटस्थित सडक पेटीमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ घर भएका ६८ वर्षीय कृष्ण तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका–१० मनमैंजु मिलिजुली टोल बस्ने लम्जुङ सुन्दरबजार नगरपालिका–८ घर भएका २४ वर्षीय अनिस न्यौपाने आफ्नै कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी काठमाडौंको टोखा नगरपालिका–१० सामाखुसीस्थित अल नेपाल अस्पताल नजिकै सडक किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार राति मृत अवस्थामा फेला परेका छन् ।

Hardik ivf

ललितपुरको गोदावरी नगरपालिका–३ गोदावरी खोलाको छेउमा सोही नगरपालिका-१ दमाईटार बस्ने ५६ वर्षीय प्रेम बहादुर थापा शनिबार मृत अवस्थामा फेला परेका छन्।

झापाको दमक नगरपालिका–५ सुकुम्बासी टोलस्थित बाटो छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ बर्षीय पुरुष  शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी झापाको झापा गाउँपालिका–१ सालमारास्थित सानो माई खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला मृत अवस्थामा फेला परेकी छन्।

काभ्रेको तेमाल गाउँपालिका–१ बोरेदोभानस्थित खानीखोलाको ढुंगाको चेपमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शुक्रबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका-१६ ईन्द्रणी टोलमा सोही ठाउँ बस्ने ५२ वर्षीय शमशेर बहादुर कुमाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ वप्सा खानीगाउँ बस्ने ६५ वर्षीया कमीनी मगर सोही ठाउँस्थित खहरे खोल्सामा शनिबार मृत अवस्थामा फेला परेकी छिन्।

संखुवासभाको सभापोखरी गाउँपालिका–६ खर्कडाँडा बस्ने ६० वर्षीय कर्ण बहादुर वानेम लिम्बु आफ्नै घर नजिकै खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित मिति: १८:१५ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्