Kathmandu Press

चितवनमा अर्ना मृत फेला

चितवन, भदौ २६ : चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित खुला खोरमा राखिएको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ। मृत्युको कारण खुल्न सकेको छैन।निकुञ्जले...
चितवनमा अर्ना मृत फेला

चितवन, भदौ २६ : चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित खुला खोरमा राखिएको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ। मृत्युको कारण खुल्न सकेको छैन।

निकुञ्जले आज जारी गरेको सूचनामा शुक्रबार पोथी बयस्क अर्ना मृत फेला परेको उल्लेख छ। सोही  खोरमा अन्दाजी दुई दिन अगाडि जन्मिएको अर्नासमेत फेला परेको छ। 

खोरमा १२ अर्ना थिए। यस  निकुञ्जमा १२ कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ चिडियाखानाबाट स्थानान्तरण गरी जम्मा १५ वटा अर्ना ल्याईएको  थियो।

यहांँ ल्याएपछि ७ वटा बच्चा जन्मिएका छन् । विभिन्न कारणले १० अर्ना  मरेका कारण १२ वटा अर्ना मात्र बांँकी छन्। 

प्रकाशित मिति: १७:५० बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्