Kathmandu Press

ऋषेश्वर महादेव मन्दिर खुला

काठमाडौं,  भदौ २६ : ऋषि पञ्चमीका अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिर आज सर्वसाधरणका लागि खुला गरिएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन...
ऋषेश्वर महादेव मन्दिर खुला

काठमाडौं,  भदौ २६ : ऋषि पञ्चमीका अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिर आज सर्वसाधरणका लागि खुला गरिएको छ। 

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन खुला हुने उक्त मन्दिर स्वास्थ्य मापदण्ड कायम गरी खुला गरिएको छ। भिड कम हुने गरी दर्शनको व्यवस्था मिलाइएको उक्त मन्दिरमा सप्तऋषिको पूजाआराधना गर्न भक्तजन आएका छन्।

Hardik ivf

कोभिड–१९ को महामारीका कारण उक्त मन्दिर गत वर्ष बन्द गरिएको थियो। काठमाडौँ महानगरपालिका–१२ स्थित सो मन्दिरमा महिलाले विशेषगरी विधिपूर्वक सप्तऋषिको पूजा गरेका छन्।

कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्रलाई सप्तऋषि भनिन्छ। काठमाडौँ महानगरपालिका–१२ का वडाध्यक्ष विकास डङ्गोलले भक्तजनको आग्रहअनुसार मन्दिर खुला गरिएको जानकारी दिए। 

‘दर्शनार्थीलाई स्वास्थ्य समस्या भएमा वडाको स्वास्थ्य क्लिनिक र रेडक्रसको सहयोगमा स्थानीय बुद्ध मार्इ सेन्टर अस्पताल लैजाने व्यवस्था गरिएको छ,’ उनले भने।

भिड कम गर्न कुनै पनि सङ्घसंस्थाको प्रतिनिधिलाई स्वयंसेवकका रुपमा राखिएको छैन। 

प्रकाशित मिति: १७:११ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्