Kathmandu Press

विप्लव नेतृत्वको नेकपाले एमसिसीविरुद्ध भदौ २८ मा बृहत् प्रदर्शन गर्ने

काठमाडौं, भदौ २६ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले संसदबाट एमसिसी पारित गर्न लागेको भन्दै त्यसविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको...
विप्लव नेतृत्वको नेकपाले एमसिसीविरुद्ध भदौ २८ मा बृहत् प्रदर्शन गर्ने

काठमाडौं, भदौ २६ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले संसदबाट एमसिसी पारित गर्न लागेको भन्दै त्यसविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

आज (शनिबार) काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गरी सो पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

Hardik ivf

सम्मेलनमा सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसिसीको विरोधमा भदौ २८ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने जानकारी दिए। उनले एमसिसी राष्ट्रघाती योजना भएकाले सरकारले यसलाई पारित गरेर मुर्खता गर्न नहुने बताए।

नेपाली जनता एमसिसीविरुद्ध आन्दोलित भइरहेको बेला सरकार यसलाई पारित गराउनेतिर लाग्नु दुर्भाग्य भएको उनको भनाइ थियो।

उनले विभिन्न प्रपञ्च रचेर सरकारले एमसीसी पारित गरे त्यो नेपाली जनता र नेपाल कम्युनिस्ट पार्टीका लागि कुनै हालतमा स्वीकार्य नहुने बताए।

प्रकाशित मिति: १६:५५ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्