भारतमा थप ३३ हजारमा कोरोना संक्रमण पुष्टि
नयाँ दिल्ली, भदौ २६ : भारतमा कोरोना भाइरसका थप ३३ हजार ३७६ जना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान दिएको जानकारीअनुसार...
नयाँ दिल्ली, भदौ २६ : भारतमा कोरोना भाइरसका थप ३३ हजार ३७६ जना संक्रमित थपिएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान दिएको जानकारीअनुसार नयाँ थपिएका संक्रमितमध्ये २५ हजार १० जना केरलाका राज्यमा मात्रै रहेका छन्।
पछिल्लो समय केरलामा दैनिक संक्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ। भारतका बाँकी भू–भागमा भन्दा केरलामा संक्रमितको सङ्ख्या धेरै देखिएको हो।
भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या तीन करोड ३२ लाख आठ हजार ३३० पुगेको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ९१ हजार ५१६ रहेको छ।
त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ४२ हजार ३१७ पुगेको छ । तीमध्ये ३०८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।
सोही अवधिमा ३२ हजार १९८ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड २३ लाख ७४ हजार ४९७ रहेको छ।
भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ।












