Kathmandu Press

गुह्येश्वरी क्षेत्रको वागमती सफाइ, राजधानीमा उठेन फोहर

गुह्येश्वरी क्षेत्रको वागमती सफाइ, राजधानीमा उठेन फोहर

काठमाडौं, भदौ २६ : वागमती सफाइ महाअभियानको ४३५औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइ गरिएको छ।  

वागमती किनारमा जम्मा भएको फोहर विगत दुई महिनाअघि देखि उठ्न नसक्दा नदीको बहाव क्षेत्र प्रदूषित हुने खतरा अझै बढेको छ। फोहर नउठ्दा आज सफाइ गरेर थुपारेको फोहर फेरि नदीमै मिसिन थालको छ। 

Hardik ivf

अभियानकर्मीले सफाइ गरेर फोहर थुपार्ने तर उठाएर व्यवस्थापन नहुने क्रम चलेकाले नदी क्षेत्र प्रदूषित हुन थालेको हो। पानी परेका दिन बाढी फोहर बगाएर लैजाने गरे पनि नपरेका दिन नदीमा फोहर देखिन थालेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिइन्।

अधिकारसम्पन्न वागमती समितिका कर्मचारी र अभियानकर्मीको सक्रियतामा गुह्येश्वरी क्षेत्रको नदी किनारमा सफाइ गरिएको हो। सफाइमा कर्मचारी र अभियानकर्मी गरी १०० जनाभन्दा बढी सक्रियता थियो। सफाइबाट जम्मा भएको फोहर आज पनि किनारमै थुपारेर राखिएको छ। सफाइ महाअभियानले जम्मा पारेको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्दै आएकामा विगत दुई महिनाभन्दा लामो समयदेखि सिस्डोल जाने सडक बिग्रिएको भन्दै उठेको छैन। दुई हप्ताअघि फोहर फेरि लैजान थालिएको भनिए पनि राजधानीका चोक, फुटपाथ, नदी किनारमा थुप्रो फोहर भेटिन्छ।

फोहरको थुप्रोबाट निस्किएको दुर्गन्धले हिँड्न नसकिने अवस्था  भएको पैदल यात्रु रणेन्द्र श्रेष्ठको गुनासो छ। पुतलीसडकको फुटपाथमा फोहर थुपारिएकाले सडकबाट हिँड्नु परेको उनले गुनासो गरे । वागमती सफाइ महाअभियानले सफाइप्रति चेतना जागृत गरे पनि काठमाडौं उपत्यकाका नदी अझै सफा हुन सकेको छैन। वर्षामा बाढीका कारण सफाइ देखिए पनि हिउँदमा नदी क्षेत्र दुर्गन्धित हुने गरेको छ। 

उपलब्धि कम भए पनि आठ वर्षदेखि सफाइ महाअभियान आज निरन्तर जारी छ । बिहान दुई घण्टा ‘देशका लागि स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सफाइ अभियान जारी छ। चाडपर्व, वर्षा, जाडो, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ अभियान हुँदै आएको छ। 

वागमती सफाइ महाअभियान सुरु भएसँगै यसका सहायक नदी सफाइ पनि जारी छ। उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ। यसैगरी उपत्यकाबाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ। वाग्मतीसँगै आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका उत्तरी र पश्चिम खण्डलगायत स्थानमा पनि सफाइ भएको छ।

प्रकाशित मिति: १३:०१ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्