Kathmandu Press

मनाङमा निमित्त प्रशासकीय अधिकृत नियुक्तिमा विवाद

मनाङ, भदौ २६ : सरकार परिवर्तन भएपछि कर्मचारी सरुवा तथा बढुवा गरिएको छ। यसले यहाँ समस्या सिर्जना भएको छ। जिल्लाका सबै स्थानीय तहका प्रमुख...
मनाङमा निमित्त प्रशासकीय अधिकृत नियुक्तिमा विवाद

मनाङ, भदौ २६ : सरकार परिवर्तन भएपछि कर्मचारी सरुवा तथा बढुवा गरिएको छ। यसले यहाँ समस्या सिर्जना भएको छ। जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतविहीन छन्। प्रशासकीय अधिकृतविहीन अवस्थामा कामकारबाही अगाडि बढाउन निमित्त प्रमुख प्रशासकीय अधिकृत कनिष्ठ व्यक्तिलाई जिम्मेवारी दिएपछि विवाद चुलिएको हो।

प्रमुख प्रशासकीय अधिृकत सरुवा भएपछि ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा विवाद भएको छ। अन्य स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि पदीय हिसाबबाट निमित्त प्रमुख प्रशासकीयको रूपमा कार्य तथा हाजिरी गराइएको भए पनि गाउँपालिकामा विवाद भएको छ। निवर्तमान अधिकृत दीपक ढकाल सरुवा भएर गएपछि आएका निमित्त प्रशासकीय अधिकृत विवादमा मुछिएका छन्। 

Hardik ivf

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ २० मा अधिकृतस्तर छैटौँ तहका जनस्वास्थ्य निरीक्षक नारायण यादवलाई जिम्मेवारी सुम्पेको पत्र पठाएको छ। प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म सम्पूर्ण आर्थिक र प्रशासनिक जिम्मेवारी यादवलाई सुम्पिएको छ।

प्राविधिकलाई प्रशासनको जिम्मेवारी दिएको भन्दै गाउँपालिकाका जनप्रतिनिधि र अन्य फाँटका कर्मचारी नै असन्तुष्ट भएका छन्। ढकाल सरुवा हुने भएपछि गाउँपालिका अध्यक्ष कान्छा घलेको अध्यक्षतामा बैठक बसी यादवलाई जिम्मेवारी दिन मन्त्रालयमा पत्र पठाइएको थियो। उक्त बैठकको माइन्युट नै फर्जी रहेको वडा नं ५ का वडाध्यक्ष कर्मछिरिङ गुरुङ बताउँछन्। सधैँ उठाउने माइन्युटमा नै नभएको निर्णयमा घरघरै गएर हस्ताक्षर गरेर मन्त्रालय पठाइएको उनले आरोप लगाए। 

उक्त निर्णयमा निवर्तमान प्रशासकीय अधिकृत ढकालसहित गाउँपालिका उपाध्यक्ष, पाँच वडाध्यक्ष र एक कार्यपालिका सदस्यले हस्ताक्षर गरेका छैनन्। यसले झनै मिलेमतोमा निमित्त अधिकृत नियुक्त गरिएको खुलासा भएको जनप्रतिनिधिले आरोप लगाएका छन्।

स्वास्थ्य क्षेत्र (प्राविधिक शाखा)मा कार्यरत कर्मचारी प्रशासन शाखामा नियुक्त हुँदा पालिकाको काममा असर पर्ने भन्दै उनीहरु असन्तुष्ट बनेका हुन्। लामो समयदेखि प्रशासन शाखामै उनीभन्दा लामो समयदेखि कार्यरत कर्मचारीलाई नजरअन्दाज गरेर उहाँलाई नियुक्त गरिनु उपयुक्त नभएको कर्मचारीको भनाइ छ। 

अध्यक्ष घलेले दुवै जनाको नाम सिफारिस गरेर मन्त्रालयमा पठाएको बताए । तीमध्ये यादवलाई मन्त्रालयले जिम्मेवारी सुम्पिने गरी पत्र पठाएको उनले जानकारी दिए। मन्त्रालयले चिठ्ठी पठाएपछि अब पौडेलको निमित्त प्रशासकीय अधिकृतको बाटो रोकिएको उनको भनाइ छ। 
 

प्रकाशित मिति: १०:४९ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्