Kathmandu Press

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी, भदौ २६ : सुनसरीको दुहबी नगरपालिका–८ स्थित सोनापुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–८ का ३० वर्षीय सुलभ गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। 

Hardik ivf

खनारबाट दुहबीतर्फ आउँदै गरेको ना५५प ९९७९ नंको मोटरसाइकललाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बिनायक अक्सिजन फ्याक्ट्री छिर्ने क्रममा को१क ३३९५ नंको ट्रकले शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक गिरी गम्भीर घाइते भएका थिए। 

गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालक ६० वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति: १०:०७ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्