Kathmandu Press

गण्डकी विश्वविद्यालयको डिनमा डा. अधिकारी

पोखरा, भदौ २६ : गण्डकी विश्वविद्यालयको डिनमा डा. कपिल अधिकारी नियुक्त भएका छन्।विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्राडा नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले...
गण्डकी विश्वविद्यालयको डिनमा डा. अधिकारी

पोखरा, भदौ २६ : गण्डकी विश्वविद्यालयको डिनमा डा. कपिल अधिकारी नियुक्त भएका छन्।

विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्राडा नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा. अधिकारीलाई डिनमा नियुक्त गरेको हो।

Hardik ivf

अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गरेका डा. अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गरेका छन्।

स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित विज्ञान तथा प्रविधि सङ्कायको डिन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा. अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले बताए।

डा. अधिकारीको वैदेशिक अध्ययनको अनुभवले विश्वविद्यालयलाई अध्ययन–अध्ययापनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास लिइएको उनको भनाइ छ।

 

प्रकाशित मिति: ०८:०४ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्