Kathmandu Press

विश्व खाद्य दिवस : नेपालमा पनि एक महिनासम्म मनाइने

काठमाडौं, भदौ २६ : नेपालमा पनि ४१औं विश्व खाद्य दिवस एक महिनासम्म मनाइने भएको छ।शुक्रबार पत्रकार सम्मेलन गरि यसको सुरुआत गरिएको छ। ‘हाम्रो...
विश्व खाद्य दिवस : नेपालमा पनि एक महिनासम्म मनाइने

काठमाडौं, भदौ २६ : नेपालमा पनि ४१औं विश्व खाद्य दिवस एक महिनासम्म मनाइने भएको छ।

शुक्रबार पत्रकार सम्मेलन गरि यसको सुरुआत गरिएको छ। ‘हाम्रो पहलः सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण’ भन्ने नाराका साथ मनाउन सुरु गरिएको हो।

Hardik ivf

खाद्यका लागि कृषि अभियान, कृषि विभाग लगायतका दुई दर्जनभन्दा बढी संघसंस्थाले संयुक्त रुपमा कार्यक्रम मनाउन लागेका हुन्।

गत पाँच वर्षदेखि मनाइदै आएको विश्व खाद्य दिवस यस वर्ष भने कोरोना भाइरसको महामारीका कारण अधिकांश कार्यक्रम भर्चुअल रुपमा मनाउने तयारी गरिएको कार्यक्रम आयोजक खाद्यको लागि कृषि अभियानका संस्थापक उद्धव अधिकारीले जानकारी दिए।

महिनाव्यापी रुपमा मनाउन लागिएको कार्यक्रममा विशेष गरि खेतीपातीका विषयमा जोड दिइने आयोजकले जनाएका छन्।

नेपालको खेतीपातीलाई खुट्टा टेकाउन तथा नीतिगत रुपमा सच्याउनको लागि विश्व खाद्य दिवसको महत्वपूर्ण भूमिका रहेको खाद्यका लागि कृषि अभियानका अभियानकर्ता तथा कृषि विज्ञ डा.कृष्णपसाद पौडेलले बताए।

बागमती प्रदेशमा कृषि र पशुपालन, गण्डकी प्रदेशमा आत्मनिर्भर कृषि प्रणाली, लुम्बिनी प्रदेशमा कृषि उपजको प्रशोधन, कर्णाली प्रदेशमा प्रांगारिक कृषि अभ्यास र सुदूरपश्चिम प्रदेशमा कोरोना संकट र गाउँबासीको बसाईसराईको विषयमा छलफल हुने भएको छ।

प्रदेश तहमा खाना, खेतीपाती र वन उद्यमसँग जोडेर छलफल गर्ने तयारी भएको अभियानको सदस्य संस्था फियान नेपालकी प्रतिनिधि लक्ष्मी गुरुङले बताइन्।

प्रकाशित मिति: ०७:१० बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्