Kathmandu Press

राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना सार्वजनिक 

काठमाडौं, भदौ २५ : विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ लागु गरेको छ। मानसिक...
राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना सार्वजनिक 

काठमाडौं, भदौ २५ : विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ लागु गरेको छ। 

मानसिक स्वास्थ्यमा राज्यको तर्फबाट लगानी बढाउनु पर्ने कुरालाई जोड दिँदै उक्त कार्ययोजना लागु गरिएको मन्त्रालयले जनाएको छ। यस्तै यसै आर्थिक वर्षदेखि देशभरिका १३ वटा ठुला अस्पतालहरुमा १० शैय्या को मानसिक रोगको वार्ड बनाउने कार्यक्रम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ। यसबाट उपलब्ध थप १ सय ३० बेडले केही मात्रामा मानसिक स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्याउने मन्त्रालयको विश्वास छ। 

Hardik ivf

यस्तै साइकोट्रोफिक ड्रग प्रोक्युुरमेन्ट अन्तर्गत सबै प्रदेशमा ५० लाखको दरले बजेट विनियोजन भएको छ । यसले मानसिक स्वास्थ्य सम्बन्धि औषधि आपूर्तिमा सहज पुराउने छ। साथै मानसिक अस्पतालमा न्यासनल सुसाइड प्रिभेन्ट हेल्पलाइन समेत सञ्चालनमा ल्याइएको मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए। 

‘विश्व स्वास्थ्य संगठनको सहयोगबाट संचालित यो सेवा यसै आर्थिक वर्ष बाट सरकारले संचालन गर्ने छ। यस सेवालाई क्रमिक रुपमा प्रादेशिक स्तरमा विस्तार गर्दै लानुपर्ने हुन्छ,’ उनले भने ‘आधारभूत स्वास्थ्य सेवा अन्तर्गत रहेको मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य प्रणालीमा एकत्रित गरेर लानु पर्ने छ। यसका साथै स्वास्थ्य बीमामा पनि यो सेवालाइ सुदृढिकरण गर्नु पर्ने छ।’

यस्तै भविष्यमा आत्महत्या न्युनिकरणमा बहुपक्षिय सहयोग र सहकार्यको लागि एउटा संयन्त्र बनाई आत्महत्या रोकथाम कार्यक्रम बनाएर लागु गर्ने योजनामा रहेको डा. अधिकारी बताउँछन्। 

डा. अधिकारीका अनुसार, सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम ४२ जिल्लाबाट आगामी दुई वर्ष भित्र ७७ वटै जिल्लामा विस्तार गरिने छ। असाहाय, अशक्त र बेबारिसेहरुको पुनरस्थापनाको लागि बनेको कार्यविधि कार्यान्वयनको चरणमा रहेको छ।
 

प्रकाशित मिति: २१:११ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्