Kathmandu Press

शासकीय र धार्मिक सङ्ग्रहालय निर्माण गरिने

शासकीय र धार्मिक सङ्ग्रहालय निर्माण गरिने
Hardik ivf

काठमाडौं, भदौ २५ : नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रामापिथेकसदेखि मुलुकको सम्पूर्ण कालखण्ड झल्किने गरी ऐतिहासिक शासकीय सङ्ग्रहालय निर्माण हुने भएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा आज पेश गरेको चालु आर्थिक वर्षको आर्थिक अध्यादेश प्रतिस्थापन विधेयकमा सङ्ग्रहालय निर्माण प्रारम्भ गरिने उल्लेख छ। योगमायादेखि हालसम्मका शहीद, नेपालको ऐतिहासिक जनआन्दोलन एवं जनयुद्ध र मधेश आन्दोलनलगायतमा त्याग तथा नेतृत्व गर्नुहुने अग्रज राजनीतिज्ञको इतिहास समेट्ने गरी सङ्ग्रहालय निर्माण प्रारम्भ हुन लागेको हो।

यसका लागि आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ। नेपालको धर्म, संस्कृति, परम्परा प्रदर्शित हुने गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न धार्मिक सङ्ग्रहालय स्थापना गरिने प्रतिबद्धता पनि सरकारले बजेट वक्तव्यमा गरेको छ।

प्रकाशित मिति: २०:२४ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्