Kathmandu Press

कंगोमा नेपाली सेनाद्वारा बिमानस्थलको ‘सर्भिस सडक’ निर्माण गरी हस्तान्तरण 

काठमाडौं, भदौ २५ : कंगोमा तैनाथ नेपाली शान्ति सैनिकले बुनिया बिमानस्थलको ‘सर्भिस सडक’ निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।मिशन कङ्गोमा तैनाथ श्री...
कंगोमा नेपाली सेनाद्वारा बिमानस्थलको ‘सर्भिस सडक’ निर्माण गरी हस्तान्तरण 
Hardik ivf

काठमाडौं, भदौ २५ : कंगोमा तैनाथ नेपाली शान्ति सैनिकले बुनिया बिमानस्थलको ‘सर्भिस सडक’ निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।

मिशन कङ्गोमा तैनाथ श्री नं. २४ फिल्ड गुल्म २४ औ डफ्फाको नेपाली शान्ति सैनिकले निर्माण गरेको बिमानस्थलको सर्भिस सडकलाई नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ ।

उक्त सडकको पुनःनिर्माण पश्चात बुनिया एयरपोर्टमा सवारी साधनको आवतजावतमा छिटो छरितो हुनुको साथै आपतकालीन अवस्था र उद्धार कार्य सहज हुने बताईएको छ ।

प्रकाशित मिति: १९:१३ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्