मदन–आश्रितको शालिक अनावरण
काठमाडौं, भदौ २५ : नेकपा एमालेका तत्कालिन महासचिव स्व.मदन भण्डारी र सङ्गठक जीवराज आश्रितको शालिक अनावरण गरिएको छ। सूर्यविनायक नगरपालिका–४ दक्षिण बाराहीमा रहेको....jpg)
काठमाडौं, भदौ २५ : नेकपा एमालेका तत्कालिन महासचिव स्व.मदन भण्डारी र सङ्गठक जीवराज आश्रितको शालिक अनावरण गरिएको छ। सूर्यविनायक नगरपालिका–४ दक्षिण बाराहीमा रहेको मदन–आश्रित हरित पार्कमा निर्माण भएको शालिकको आज सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य तथा मदन भण्डारी फाउण्डेसन भक्तपुर जिल्ला अध्यक्ष शशीजङ्ग थापाले संयुक्तरुपमा अनावरण गरेका हुन्।
फाउण्डेसन भक्तपुरको व्यवस्थापन तथा सूर्यविनायक नगरपालिका–४ को आयोजनामा भएको कार्यक्रममा २०५० सालमा निर्माण भएको भूकम्पले भत्किएर जीर्ण बनेको मदन–आश्रित विश्राम स्थल, मदन–आश्रित हरित पार्कको पुनःनिर्माण सम्पन्न भएको हो। कार्यक्रममा सांसद बस्नेतले मदन भण्डारी व्यक्ति नभई विचार भएको भन्दै जनताको बहुदलीय जनवाद मान्दै आएको एमाले आजसम्म त्यसैको अनुशरण गर्दै उपलब्धी हासिल गर्दै आएको चर्चा गरे।
प्रदेशसभा सदस्य थापाले प्रदेशको करिब ८० लाखको बजेटबाट दक्षिण बाराही पार्क, २० लाखको बजेटबाट मदन–आश्रित हरित पार्क, शालिक, विश्रामस्थलको पुनःनिर्माण र ढुङा छपाइ गरेर थोरै रकमबाट पनि धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको बताए।












