Kathmandu Press

‘देखे जब उनीलाई’मा प्रजिना र प्रकाशको रोमान्स

काठमाडौं, भदौ २५ : गायक जगदीश समालको स्वरमा समावेश प्रेमिल शैलीको गीत ‘देखे जब उनीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ।  गीतमा शब्द गीतकार...
‘देखे जब उनीलाई’मा प्रजिना र प्रकाशको रोमान्स

काठमाडौं, भदौ २५ : गायक जगदीश समालको स्वरमा समावेश प्रेमिल शैलीको गीत ‘देखे जब उनीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ।  

गीतमा शब्द गीतकार तथा फिल्म निर्मात्री अनु शाहको रहेको छ। नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ। अमेरिकामा नै सम्पूर्ण छायांकन भएको म्युजिक भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा फिचर्ड छन्।  

जय्सन फोटोग्राफी र बीबी लामिछानेले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। राजन उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको छ। 

 

 

प्रकाशित मिति: १८:१६ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्