Kathmandu Press

शोक प्रस्ताव पारित

काठमाडौं, भदौ २५ : प्रतिनिधिसभाले तत्कालीन संविधानसभा सदस्यद्वय महेन्द्र शेरचन र जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनमा शोकप्रस्ताव पारित गरेको छ।एमालेबाट २०७० सालको...
शोक प्रस्ताव पारित
Hardik ivf

काठमाडौं, भदौ २५ : प्रतिनिधिसभाले तत्कालीन संविधानसभा सदस्यद्वय महेन्द्र शेरचन र जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनमा शोकप्रस्ताव पारित गरेको छ।

एमालेबाट २०७० सालको संविधानसभामा समानुपातिकबाट निर्वाचित शेरचनको ६८ वर्षको उमेरमा यही भदौ २ गते र एनेकपा माओवादीबाट २०७० सालको संविधानसभामा निर्वाचित सदस्य एवं नेपाली जनवादी सङ्गीत क्षेत्रका लोकप्रिय कलाकार खड्गीको ७८ वर्षको उमेरमा यही भदौ १० गते निधन भएको थियो।

प्रतिनिधिसभाको आजको तेस्रो बैठकले उनीहरुको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो । प्रतिनिधिभाको अर्को बैठक यही भदौ २७ गते आइतबार दिनको एक बजे बस्नेछ।

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्